३० आश्विन २०८३, शुक्रबार

प्रतिपक्षीको धम्कीपछि प्रधानमन्त्रीद्धारा राजिनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rejoinजाकार्ता, २३ माघ । पूर्वी टिमोरका प्रधानमन्त्री सनाना गुस्माआले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । एक बैठकको प्रस्तावमा विपक्षीले धम्की दिएपछि प्रधानमन्त्रीले राजिनामा दिएको जनाइएको छ ।

आफ्नो राजिनामा पत्र राष्ट्रपति ताउर मतान रुआकसमक्ष पेश गरेको सरकारी प्रवक्ताद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो प्रजातान्त्रिक राज्यका राष्ट्रपतिले उहाँको राजिनामा पत्रको बारेमा अहिले नै केही प्रतिक्रिया दिनु भएको भने छैन ।

प्रधानमन्त्री गुस्माओको राजिनामा स्वीकृत भएमा पनि अर्का प्रधानमन्त्रीले समथग्रहण नगरेसम्म उहाँले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुपर्ने छ ।

सरकारी अधिकारीहरुको सहभागीतामा टिमोरको राजधानी दिलीमा गत जनवरी २८ मा भएको छलफलकै क्रममा प्रधानमन्त्री गुस्माओले आफ्नो पदबाट राजिनामा दिने मनसाय व्यक्त गर्नु भएको बताइएको थियो ।

सो राज्यमा यसअघि भएको विद्रोहको पूर्व कमाण्डर समेत रहनुभएका ६८ बर्षीय गुस्माओको सङ्घर्षबाटै सन् २००२ मा देशमा प्रजातन्त्र प्राप्त भएको थियो ।

उहाँको सो सङ्घर्षका कारण पनि राष्ट्रपतिले उहाँको राजिनामा स्वीकृत नगर्नुहुने बताइएको छ । राजिनामाको कारण भने केही खुलाइएको छैन ।