२९ आश्विन २०८३, बिहिबार

विद्युत् आयोजना अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidut-progetअछाम, २३ माघ । अछामको पुल्लेतोला गाविसको विद्युत् सेवा विगत तीन वर्षदेखि अवरुद्ध रहेको छ । स्थानीय मुरायली खोलाबाट २०६४ सालमा निर्माण गरिएको विद्युत् सेवा २०६८ सालदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

ग्रामीण ऊर्जा विकास केन्द्र, सप्रोस नेपाल, गाविस तथा त्यस क्षेत्रका स्थानीयको जनश्रमदानबाट निर्माण गरिएको विद्युत् सेवा अवरुद्ध भएको तीन वर्ष बितिसक्दा पनि मर्मतका लागि हालसम्म कहीँ कतैबाट पहल नभएको स्थानीय उपभोक्ताको गुनासो रहेको छ ।

स्थानीयको श्रमदान तथा करिब रु ४० लाखको लागतमा निर्माण भएको १७ किलोवाट क्षमता भएको सो विद्युत् गृह सञ्चालनमा नआउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

पहिला काठको पोल हाल्दा विद्युत् सेवा सञ्चालन गर्न सजिलो भएको र फलामको पोल हाल्दा आर्थिक अभावका कारण विद्युत् सेवा अवरुद्ध भएको समितिका अध्यक्ष एकेन्द्र रावलले बताउनुभयो ।

अवरुद्ध विद्युत् सेवा मर्मतका लागि यस वर्ष गाविसबाट रु एक लाख रकम छुट्याए पनि रकम अभावका कारण मर्मत गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । रासस