२९ आश्विन २०८३, बिहिबार

पोखरीमा विषादी हालिदिँदा पाँच लाखको माछा नष्ट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २३ माघ । महोत्तरीको प्रकौली गाविस– ५ स्थित एक पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा पाँच लाख मूल्य बराबरको माछा नष्ट भएको छ ।

प्रकौली– ५ बस्ने बजरङ्ग यादवको पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा करिब छ क्विन्टल माछा नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब एक बिगाहा क्षेत्रफल रहेको सो पोखरीमा पालिएको रहु, भकुरा, बोवारी, नैनी, कमल, ग्राँसकाँटलगायतका माछा नष्ट भएको यादवले बताउनुभयो ।

पीडित यादवले पोखरीमा विषादी हाल्ने समूहलाई समातेर कडाभन्दा कडा कानुनी कारबाहीको लागि प्रहरीसमक्ष अनुरोध गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले पोखरीमा विषादी हालेको समूहको खोजी भइरहेको बताउनुभयो ।