काठमाडौं, २३ माघ । राष्ट्रपति डा.रामबरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटवार्तामा नयाँ संविधान निर्माणका विषयमा परामर्श भएको हो ।
भेटका क्रममा राष्ट्रपति डा.यादवले लचकताका साथ सबै दलहरू मिलेर संविधान निर्माण गर्न आग्रह गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष दाहालले आफूहरू सहमतिका आधारमा संविधान निर्माण गर्ने पक्षमा रहेको भन्दै दबाबका लागि आन्दोलन थालेको जानकारी गराउनु भएको थियो ।
दाहालको निजी सचिवालयका अनुसार डा.यादवले सहमतिमा संविधान निर्माण गर्न जोड दिनुभएको थियो ।
विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै आउनु भएका डा.यादवले आज एमाओवादीका अध्यक्ष दाहालसँग छलफल गर्नुभएको हो ।















प्रतिक्रिया