९ कार्तिक २०८३, सोमबार

क्याम्पस प्रमुखसहित छ जनाको राजीनामा फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ माघ । दश दिनदेखि ठप्प बनेको चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस आजबाट सञ्चालनमा आएको छ ।

विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीचको विवादका कारण ठप्प बनेको क्याम्पस सहमतिपछि आजबाट सञ्चालनमा आएको क्याम्पस प्रशासनले जनाएको छ ।

वीरेन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले कारागारभित्रै आक्रमणमा परी मारिएका शिव पौडेलको स्मृतिमा सरस्वतीको मन्दिर बनाएपछि उत्पन्न विवादका कारण क्याम्पसका सबै गतिविधि बन्द भएको हो ।

बिहीबार भएको वार्ताले आजदेखि सबै क्रियाकलाप सञ्चालन गर्ने र क्याम्पस प्रमुखसहितले दिएको राजीनामा फिर्ता लिने सहमति भएको हो ।

विभिन्न व्यक्तिको नाममा जबर्जस्ती मूर्तिलगायत भौतिक संरचना बनाउने क्रम बढ्न थालेको भन्दै क्याम्पस प्रमुखसहित छ जनाले राजीनामा दिएका थिए ।

सरस्वती पूजाको दिनमा उक्त मन्दिर अज्ञात समूहले भत्काइदिएको थियो ।

त्यसपछि वीरेन्द्र बहुमुखी क्याम्पस नेविसङ्घ एकाइ समितिले क्याम्पस प्रशासनले मन्दिर भत्काएको भन्दै आन्दोलन सुरु गरेपछि १० दिनदेखि क्याम्पस बन्द हुन पुगेको हो ।