काठमाडौँ, २२ माघ । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल नेपाल दूरसञ्चार कम्पनी एनटिसीले दूरसञ्चारको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
कम्पनीको ११औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा रिजालले सञ्चार क्षेत्रमा निजी तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित भइरहेको अवस्थामा कम्पनीले आफ्नो आन्तरिक व्यवस्थापन एवम् गुणस्तरीय क्षमता बढाउनुपर्ने धारणा राख्नुभएको हो ।
“प्रतिस्पर्धी बजारअनुसार दूरसञ्चार सेवा सन्तोषजनक हुन सकेको छैन” उहाँले भन्नुभयो, “एनटिसीको सेवा सुलभ छ तर गुणस्तरीय बन्न सकेको छैन, त्यस्तै अरु सेवा प्रदायकको सेवा महङ्गो छ तर गुणस्तरीय छ ।”
एनटिसीमा नेपाल सरकारको ९२ प्रतिशत सेयरमध्ये ३० प्रतिशतका लागि रणनीतिक साझेदार भित्र्याउने तयारी भइरहेको उल्लेख गर्दै सञ्चार मन्त्री डा रिजालले त्यसका लागि कम्पनीले छिटो अधिकतम् मूल्यमा उच्चतम् प्रतिफल पाउने गरी साझेदारसँग सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो ।
एनटिसीले पूर्वाधारमा ठूलो लगानी गरेको उल्लेख गर्दै उहाँले साझेदार निम्त्याउँदा त्यस्ता संरचनाको पनि उच्च मूल्याङ्कन हुनुपर्ने र यदि त्यसो हुन नसकेमा कम्पनीले ती भौतिक संरचना सरकारलाई फिर्ता गर्नुपर्ने बताउनुभयो ।
कम्पनीमा रहेका पाँच हजार कर्मचारीको आवश्यकताअनुसार कम गर्दै लैजान पनि सञ्चार मन्त्री डा रिजालले सुझाव दिनुभयो । उहाँले विश्वमा विकास भएको नयाँ प्रविधिसहित सम्भाव्य क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एनटिसी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले विद्यमान चुनौतीलाई अवसरका रुपमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।
उदार नीतिअनुसार सर्वसाधारण जनतालाई सेवा प्रदान गर्नका लागि एनटिसी प्रतिबद्ध हुनुपर्ने बताउँदै उहाँले कम्पनीलाई थप व्यावसायिक बनाउनु आवश्यक भएको धारणा राख्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनीलेको विशेष ध्यान जानुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले संस्थागत सुधार एवम् हित अभिवृद्धि गर्ने र सेवाग्राहीले अनुभूति गर्न सक्ने गरी सेवाको गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दै चालु आर्थिक वर्षभित्रमै ७५ वटै जिल्लामा सहज सेवा पु¥याउने तयारी भइरहेको बताउनुभयो ।
कम्पनीले वार्षिकोत्वसका अवसरमा आजदेखि यही माघ २९ गतेसम्म मोबाइल सेवामा ११ प्रतिशतसम्म छुट दिने र ल्यान्डलाइन९पिएसटिएन० सेवाका ग्राहकका लागि फागुन महिनाको शुल्कमा ११ प्रतिशतको छुट उपलब्ध गराउने भएको छ ।
त्यसैगरी कम्पनीले उपलब्ध गराउने इन्टरनेट सेवामा पनि छुट दिएको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत महिला स्वास्थ्यकर्मीलाई आगामी एक वर्षका लागि विशेष छुट दिने व्यवस्था गरेको छ ।
कार्यक्रममा कम्पनीका रिचार्ज कार्ड बिक्री गर्ने उत्कृष्ट बिक्रेता, कर्मचारी एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट सहभागीलाई सम्मान प्रदान गरिएको थियो । रासस




![g]kfn 6]lnsdsf] !! cf}+ aflif{sf]T;jsf] pknIodf k|sfl;t :df/Lsf ljdf]rg ub}{ ;~rf/dGqL 8f= ldg]Gb| l/hfn . tl:j/ M k|bLk/fh jGt÷/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/02/NTC-Aniversarry-_Sanchar-mantri-2.jpg)











प्रतिक्रिया