काठमाडौं, २२ माघ । मासु बजारमा भाउ निरन्तर ओकालो लागेको छ । स्थानिय मर्कामा परेका छन् । मासुको मूल्य दिनदिनै बढ्दै जादा स्थानियहरु मंहगीको मार खेप्न बाध्य भएका छन् ।
चिसो बढेपछि बजारमा मासुको भाउ बढेको हो । ठिही बढेर उत्पादन कम भएपनि माग उकालो लागेको व्यापारीले बताएका छन् । जाडोमा मासुको खपत बढी भएको र उत्पादन कम भएको भन्दै किसान तथा व्यापारीले मासुको मूल्य बढाएको भ्याली कोल्ड स्टोरका निर्देशक सक्षम घिमिरेले जानकारी दिनुभयो ।
दुईसाता यता उपत्यकामा खुद्रा व्यापारीले ब्रोइलर कुखुरा किलोमा २० देखि ३० रुपैयाँसम्म भाउ बढाएका छन् ।
दुइहप्ताअघि होलसेल दुईसय ८८ रुपैयाँ प्रतिकिलो भएको कुखुराको मासुको मुल्य सोमबार तीनसय १६ रुपैयाँ पुगेको छ । तर उपभोक्ताले भने खुद्रा किन्दा प्रतिकिलो तीनसय ४० देखि तीनसय ६० रुपैयाँसम्म तिर्नु पर्छ । हामीले होलसेल बेच्ने हो, हामीकहाँबाट लगेर खुद्रा पसलेले कम्तीमा ४० रुपैयाँसम्म नाफा लिएर बेच्छन् ।
चितवनमा भने कुखुराको मासु काठमाडौंको तुलनामा केही सस्तो छ । अविनास ह्याचरीका गुणचन्द्र विष्टका अनुसार चितवनमा प्रतिकिलो होलसेल मूल्य तीनसय रुपैयाँ तोकिएको छ ।
उनका अनुसार तीन महिना अघि ज्यूदो कुखुरा प्रतिकिलो एक सय रुपैयाँ सम्म झरेको थियो । ुत्यसो भए पछि किसानले घाटा हुने डरले जाडोका लागि नयाँ चल्ला राखेनन् र अहिले त्यसकै परिणाम देखिएको उनले बताए । कुखुरासंगै खसीबोकाको मासुको मुल्य पनि त्यतिकै मूल्यमा बढेको छ ।
















प्रतिक्रिया