२९ आश्विन २०८३, बिहिबार

स्पेनमा राजदुतावास खोल्न नेपाल सरकारले पहल गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-koirala-spain-nepali

काठमाडौं, २२ माघ । नेपाल सरकारले युरोपीयन देश स्पेनमा आफ्नो राजदुतावास खोल्न पहल गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा राजदुतावास खोल्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

बुधबार गैरआवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् स्पेनका पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल सरकारले स्पेनमा राजदुतावास खोल्न कुटनीतिक पहल थाल्ने बताउनुभयो । स्पेनमा नेपाली राजदुतावास स्थापनाको लागि सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता समेत जनाउनुभयो ।

(एनआरएन) राष्ट्रिय समन्वय परिषद् स्पेनले दुतावासको माग सहित बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले विश्वभर गैरआवासीय नेपालीहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउदै नेपाल सरकारले प्रवासी नेपालीको समस्या हल प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले प्रधानमन्त्री कोईरालाले स्पेनबासी नेपालीहरुका समस्या प्रति आफु गम्भिर रहेको बताएको जानकारी दिनुभयो । प्रक्रियामा गएर दुताबास स्थापनामा लागि आफुले तत्काल सम्बन्धित निकायसंग छलफलबाट पहल सुरु गर्ने प्रधानमन्त्रीले आश्वासन दिएको भेटमा सहभागी अध्यक्ष गिरीले बताउनुभयो ।

बुधबार सम्पन्न भेट बार्तामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रिय सह–संयोजक सोम सापकोटा, सल्लाहकार पुष्पराज तिमल्सिना, सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका सदस्य प्रकाश भट्टराईको सहभागिता थियो।

shekhar-koirala-spain-nepali

एनआरएन स्पेनका पदाधिकारीले नेपाली काग्रेसका नेता शंशाक कोइरालासँग भेट गरी दुताबास स्थापनाका लागि पहल गर्न माग गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

प्रवासी नेपालीको सुविधाका लागि दुताबास स्थापना जरुरी रहेको बताउदै नेता कोइरालाले यस विषयमा आफु सकारात्मक रहेको र सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो

दुताबास नहुदा स्पेनका प्रवासी नेपालीलाई पासपोर्ट र अन्य आवश्यक कागजात बनाउनका लागि निकै झन्झट र खर्च गर्नुपर्ने बाध्यता छ।

स्पेनका प्रवासी नेपालीले फ्रान्सको पेरिसमा रहेको नेपाली दूतावासबाट सेवा लिदै आइरहेका छन् । पेरिस दुतावासले ५ बटा देशलाई हेर्नुपर्ने हुदा, करिब १० हजार स्पेनका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सकेको छैन।

–प्रतिनिधिमन्डलले राष्ट्रपतिलाई पनि भेट्यो

दुताबास स्थापनाको माग गर्दै स्पेनबाट नेपाल पुगेको प्रतिनिधिमन्डलले बिहिबार राष्ट्रपति डा रामबरण यादबसँग पनि भेटबार्ता गरेको छ । भेटमा राष्ट्रपतिलाई दुताबास स्थापनाको लागि बिशेष पहल गर्न अनुरोध गरिएको एनआरएन स्पेनले जनाएको छ। भेटमा राष्ट्रपति यादवले आफ्नो तर्फबाट हुने पहल गर्न तयार रहेको बताएका थिए ।

नेपाल सरकारले पहल गर्नेभएपछि स्पेनका प्रवासी नेपाली दुताबास स्थापना हुनेमा विश्वस्त छन् । बार्सिलोनामा बसोबास गर्दै आएका बागलुङ्का हिरालाल सापकोटाले पहिले भन्दा अहिले धेरै आशा जागेको बताए ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, जो निर्णय गर्ने र कार्यान्वन गर्ने तहमा छन्, उनिहरुले नै आश्वस्त पारे पछि विश्वास जागेको सापकोटाको भनाई छ ।

राजनीतिक अस्थिरताले दुतावास स्थापनाको पहल प्रभावित हुन सक्ने डर स्पेनी प्रवासी नेपालीमा छ । संघले दुताबासको माग राख्दै सरकारलाई ज्ञापन पत्र र हस्ताक्षर संकलन गरेर बुझाएको यो पहिलो पटक हो।