२८ आश्विन २०८३, बुधबार

एउटै युवकले सय महिलालाई कसरी बलात्कार गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lana-rel-rey-rape

टोकियो । एउटै युवतीलाई ४–५ युवकले बलात्कार गर्नुभएको सुन्नुभएको होला । तर अब समय अझै परिवर्तन भएको छ । एउटै पुरुषले सय भन्दा बढी महिलालाई बलात्कार गरेको सुनेर अचम्म पनि लाग्न सक्ला ।

तर जापान यस्तै भएको छ । चिकित्सा अध्ययन गराउने भन्दै एक युवकले जापानमा सय भन्दा बढी युवतीको बलात्कार गरेका छन् । लागूपदार्थ दिएर हिदेयुकी नोगुची नाम गरेका ५४ वर्षीय एक पुरुषले यी महिलालाई पीडा कम गर्ने औषधि दिने गरेको र उनीहरुलाई होटेल तथा पर्यटकीय क्षेत्रमा लगेर महिला बेहोस भएपछि नोगुचीले उनीहरुलाई बलात्कार गर्ने गरेको र त्यसको चलचित्र बनाउने गरेका थिए ।

यसपछि यस्तो भिडियोचित्र इन्टरनेटमा राख्ने वा अश्लील चलचित्र बनाउनेहरुलाई बिक्री गर्ने गरेको आरोप नोगुचीमाथि लगाइएको छ । यसरी नोगुचीले ८५ हजार अमेरिकी डलर कमाएको टीबीएस तथा अन्य प्रसारण संस्थाले उल्लेख गरेका छन् ।

वास्तवमा नोगुचीले चिकित्सासम्बन्धी कुनै तालिम नलिएको र उसलाई यस विषयमा केही पनि थाहा नभएको बताइएको छ । एक सयभन्दा बढी महिलालाई एक चिकित्सा अध्ययनमा भाग लिने विश्वासमा पारी लागुपदार्थ खुवाइ यौनजन्य आक्रमण गरेको भनी ती पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सुतेको समयमा रक्तचाप मापन गर्ने भनी चिकित्सा अध्ययनका लागि भनी प्रकाशन भएको विज्ञापनलाई आधार मानी दर्जनौँ महिलाले सन् २०१३ को नोभेम्बरसम्म दुई वर्षमा यस कार्यमा भाग लिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

टोकियोको पूर्वी भागमा पार्ने चिबाका प्रहरी प्रवक्ताले टोकियो, चिबा, ओसाका, तोचिगी तथा सिजुओकाका बीस वर्षभन्दा कम तथा ४० वर्षसम्मका कम्तीमा ३९ महिला यसरी पीडित भएको पुष्टि भएको बताए ।

नोगुचीले आक्रमण गरेका महिलाहरुमा यो निकै सानो सङ्ख्या भएको बताउँदै नोगुचीले १०० भन्दा बढी महिलामाथि यस प्रकारको अपराध गरेको जापानका सञ्चारले जनाएका छन् ।