३० आश्विन २०८३, शुक्रबार

पारिश्रमिक नपाएका नेपाली युवा साउदी अरबबाट घर फर्किदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salary-काठमाडौं । काम गर्ने कम्पनीले तीन महिनादेखि पारिश्रमिक नदिएर १४ दिनदेखि आन्दोलित बनेका नेपाली युवाको आन्दोलन रोकिएको छ ।

साउदी अरबको हाप्को कम्पनी र आन्दोलित नेपाली कामदार युवाबीच सहमति भएपछि आन्दोलन रोकिएको हो ।

मङ्गलबार कम्पनी र आन्दोलित युवाको बीचमा निश्चित समयावधि पुगेका युवा घर फर्किने र तोकिएको समय नपुगेका युवा पारिश्रमिक बुझेर काममा फर्किने सहमति भएपछि आन्दोलन रोकिएको आन्दोलित युवा गोपाल पूर्जा मगरले जानकारी दिनुभयो ।

झन्डै ३०० नेपाली युवाले कम्पनीले पारिश्रमिक पनि नदिएको र घर फर्कन पनि नदिएको भन्दै १४ दिनदेखि काम रोकेर आन्दोलन गरेका थिए ।

सबै नेपाली युवाले पारिश्रमिक बुझेर घर फर्किन पाउनुपर्ने माग राखे पनि कम्पनीले घर सवै फर्किएमा कुनै पनि वैदेशिक रोजगारमा फर्किन नमिल्ने गरी फर्काइदिने चेतावनी दिएपछि काम गरेको दुई वर्ष पुगेका नेपाली युवा फर्किने र दुई वर्ष नपुगेका युवा काममा नै फर्किने सहमति भएको हो ।

यसरी आन्दोलित बनेका झन्डै ३०० युवामध्ये ४३ जना दुई वर्ष पूरा गरेका नेपाली कामदार युवा पारिश्रमिकसहित घर फर्किने भएका छन् भने १० जना अपरझट बिदामा फर्किने भएका छन् ।

कम्पनीले पारिश्रमिक र घर फर्कन रोक लगाएपछि उनीहरु १४ दिनदेखि आन्दोलित बन्दै आएका थिए । नेपाली युवाको राहदानीसहित अकमा आईडी पनि कम्पनीले खोसेर राखेको थियो ।

म्याग्दीको दोवा घर भएका मगरले पर्वत, बागलुङ, म्याग्दीसहित विभिन्न जिल्लाका गरी ३०० नेपाली युवा समस्यामा परेको बताउनुभयो ।