२९ आश्विन २०८३, बिहिबार

ग्लोबल बैंकको १८ लाख लुटियो, दुई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

global-logo

काठमाडौँ, २१ माघ । मध्यबानेश्वस्थित ग्लोबल आइएमई बैंक शाखाबाट बुधबार १८ लाख ८४ हजार ६३५ रुपैँया लुटिएको छ ।

कलङ्की निवासी सरस्वती आचार्यले बिहान ११ बजे बैंकबाट पैसा निकालेर पार्किङमा रहेको स्कुटरतर्फ जानेक्रममा झोलामा रहेको पैसा लुटिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ ।

रकम लुटेर फरार भएका अभियुक्तहरुको खोजी भइरहेको र हालसम्म दुई शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।