काठमाडौँ, २० माघ । अन्तर्राष्ट्रिय मनि एक्सप्रेस (आइएमई) लिमिटेड र सिद्धार्थ बैङ्क लिमिटेडबीच रेमिट्यान्स विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
आइएमई लिमिटेडकोतर्फबाट सञ्जाल प्रवद्र्धन प्रमुख एवम् प्रबन्धक रुद्रराज पौडेल र सिद्धार्थ बैङ्क लिमिटेडका तर्फबाट विप्रेषण व्यवसाय प्रवद्र्धन प्रमुख पङ्कज पन्तले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार आइएमईका सेवाग्राहीले आइएमईको विश्वव्यापी सञ्जालबाट आप्रवाह हुने विप्रेषण सिद्धार्थ बैङ्क लिमिटेडका ४७ शाखामार्फत भुक्तानी लिन सक्ने आइएमईले जनाएको छ ।
नेपालको नाम चलेको विप्रेषण कम्पनी आइएमईले आफ्नो सेवाको १४ औँ वर्षमा देशका प्रमुख सहर तथा सहरोन्मुख ग्रामीण क्षेत्रसमेतलाई समेट्ने गरी ७५ जिल्लाका तीन हजार २०० भन्दाबढी एजेन्ट/सब–एजेन्ट, ११० आइएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले पठाएको रकम छिटो, छरितो र सुरक्षित ढङ्गले सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया