२८ आश्विन २०८३, बुधबार

अष्ट्रेलियामा फल्यो ७४३ किलोको फर्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-ANNUAL-HEAVYWEIGHT-PUMPKIN-CONTEST-HELD-IN-HALF-MOON-BAY

सिड्नी, १९ माघ । एक अष्ट्रेलियाली किसानले ७४३ किलोको फर्सी उत्पादन गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

यो फर्सी अष्ट्रेलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेको बताइएको छ । सो फर्सीको तौल ७४३ किलोग्रामको भएको कृषिसम्बन्धी कार्यालयले पुष्टि गरेको छ ।

उत्तरी न्यु साउथ वल्स भएको फर्सी प्रतियोगितामा ७४३ किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले सो प्रतियोगितामा विजय हासिल गरेको छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित कृषि मेलामा ल्याइएका फर्सीमध्ये सो फर्सी सबैभन्दा ठूलो भई पुरस्कृत भएको हो ।

सो क्षेत्रका एकजना किसान ओलिभेरले बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन् ।

उनले यसअघि सन् २०१३ का ५४७ किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६१९ किलोको फर्सी उत्पादन गरी रेकर्ड कायम गर्न सफल भएका थिए ।

ओलिभरका अनुसार उनले यो फर्सी करिब ८० दिनमा उत्पादन गरेका थिए ।

गिनीज बुक अफ बल्र्ड रेकर्डमा भने एक हजार ५४ किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीका रुपमा दर्ता भएको छ ।

संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका बेनी मैएरले उत्पादन गरेका हुन् । रासस/सिन्ह्वा