काठमाडौँ, १९ माघ । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार राजधानी आइपुग्नुभयो ।
एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर यहाँको सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५ औँ वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओ नेपाल भ्रमणमा आउनुभएकोे हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नाकाओलाई एडिबीको यहाँस्थित कार्यालयका देशीय निर्देशक किनिची योकोयामा, अर्थ मन्त्रालय र उक्त कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलसँग आजै अध्यक्ष नाकाओले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया