३० आश्विन २०८३, शुक्रबार

प्रेममा धोका पाएपछि यस्तो सुसाइड नोट लेख्दै प्राण त्यागिन् प्रितीले

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suside-note

धरान, १८ माघ । अभ अफेयरमा धोका पाएर आत्महत्या गरेकी धरानकी एक युवतीको सुसाइड नोट सार्वजनिक भएको छ ।

धरान १८ की २६ वर्षीय प्रिती मुखियाले १० बर्षदेखिको प्रेममा धोका पाएको आवेगमा आत्महत्या गरेकी हुन् । उनको धरानकै एक निजी स्कुलका शिक्षक सागर खड्कासँग प्रेम सम्बन्ध थियो । तर, उनले अर्कैसँग विवाहको तयारी गरेपछि युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा उनले ‘मलाई युज मात्र छाड्यो’ भनेर लेखेकी छन् ।

सागरकै कारण आफ्नी छोरीले ज्यान फालेको भन्दै बाबु प्रदीपकुमार मुखियाले धरान प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

किटानीमा मुखियाले आफ्नी छोरीलाई विवाह गर्ने प्रलोभन दिएर अर्कैसँग बिहेको ‘इन्गेजमेन्ट’ गरेको फोटो फेसबुकमा राखेपछि छोरीले आत्महत्याको बाटो रोजेको दाबी गरेका छन् ।