२९ आश्विन २०८३, बिहिबार

मध्यमाञ्चलमा दोब्बरले राजस्व असुली बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-money-taxवीरगन्ज, १८ माघ । मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ३२ करोड ३८ लाख ५० हजार ६४५ राजस्व असुली गरेको छ ।

सबैभन्दा बढी भन्सार करतर्फ रु १८ करोड ६२ लाख तीन हजार २८८ राजस्व असुली भएको छ । मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अनुसन्धान अधिकृत सन्तोष श्रेष्ठले भन्नुभयो – “भन्सार चोरी पैठारी र निकासी गरेर राजस्व चुहावट गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा नियन्त्रण गर्न थालिएकाले राजस्व असुलीमा वृद्धि भएको हो ।”

उहाँका अनुसार उक्त अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु ९७ लाख ५५ हजार, आयकरतर्फ रु आठ लाख २७ हजार ६३५ र अन्तःशुल्कबाट रु चार लाख ७६ हजार २३४ राजस्व असुली गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले गैरकरबाट रु एक करोड १४ लाख २५ हजार र सरकारी सम्पत्तिको लिलाम बिक्रीबाट रु ११ करोड ५१ लाख ६३ हजार ४१९ राजस्व असुली गरेको प्रमुख राजस्व अनुसन्धान अधिकृत श्रेष्ठले बताउनुभयो ।

“चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गर्नेविरुद्ध विशेष अभियान सञ्चालन गरेका कारण नै राजस्व असुलीमा वृद्धि भएको हो,” प्रमुख राजस्व अनुसन्धान अधिकृत श्रेष्ठले भन्नुभयो, “यो अभियानलाई आगामी दिनमा पनि अझ घनीभूत रूपमा अगाडि बढाउने योजना छ ।”

चालु आर्थिक वर्षको पहिलो छ महिनामा राजस्व चुहावटसम्बन्धी परेको उजुरीमध्ये कार्यालयले १९७ वटा फछ्र्योट गरेको छ । रासस