२९ आश्विन २०८३, बिहिबार

बिश्वकै होचा चन्द्रबहादुर डाँगी रोमानियाबाट फर्के

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra 3

अमेरिका । बिश्वकै सबैभन्दा होचा ब्यक्ति ७५ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी रोमानियाको एक हप्ते भ्रमण पुरा गरि नेपाल फर्केका छन् ।

बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा रोमानियाका गैर आवासीय नेपाली संघका अध्यक्ष नवराज पोखरेलले डाँगीलाई अन्तिम बिदाई गर्नुभयो ।

हप्ता दिनको रोमानियाको भ्रमणमा डाँगीलाई रोमानियाको प्रख्यात टेलिभिजन प्रो टिभीको एक रियालिटी शो मा सम्मानका साथै चार दिन सम्म देखाईएको सो कार्यक्रमले ठूलो सफलता पाएको थियो ।

chandra 4

बिश्वकै सवैभन्दा होचा ब्यक्ति चन्द्रबहादुर डाँगीलाई रोमानियामा बसोबास गर्ने नेपालीहरूले स्वागत गर्ने मौका पाएका थिए । रोमानियाका लागि गैर आबासिय नेपाली राजदूत डा. रबि मोहन सापकोटाज्यूले चन्द्रबहादुर डाँगीलाई फोनमार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । बुखारेस्ट शहरका नगर प्रमुखले चन्द्रबहादुर डाँगीलाई एक रात्री भोजमा स्वागत गरेका थिए ।

दाङ पुरन्धारा निवासी डाँगीको उचाई गिनिज बुक अफ वल्र्ड रेकर्डको टोलीले सन् २०१२ मा ५४÷६ सेन्टिमिटर अर्थात २१÷५ इन्च मात्र भएको प्रमाणित गरेको हो। यो बुढ्यौलीमा बिश्व किर्तिमान कायम राख्न गिनिज बुकको सम्पर्कमा पुगेका चन्द्र बहादुर डाँगीले नयाँ किर्तिमानबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको छ ।

चार दाजुभाईभन्दा निकै कम उचाई रहेका चन्द्रबहादुर भन्छन् ‘‘मलाई सन्सार घुमेर अरु देशमा मानिसहरु पनि भेट्न मन छ ।’ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दर्शकले स्वागत गरेका थिए । डाँगी शनिवारै गृह जिल्ला प्रस्थान गरेका छन् ।