२९ आश्विन २०८३, बिहिबार

पाँच सय रुपैयाँले सुनको मूल्य घट्यो, चाँदी तोलामा ४० रुपैयाँ कम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, १७ माघ । सेयर बजारमा निरन्तर गिरावट आइरहदा सुनको मूल्य पनि घटेको छ ।

प्रतितोलामा ५ सय घटेर सुनको मूल्य तोलको ५३ हजार ५ सय पुगेको छ । शुक्रबार सम्मको कारोबारमा गए हप्ताभरी ५ सय रुपैयाँ घटी मूल्यमा सुनको कारोबार भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ५४ हजारमा किनबेच भएको सुन शुक्रबारसम्म ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । सुनको भाउमा यो साता बढी नै उतार–चढाव आयो । पाँच महिना यता माघको पहिलो साता सुनको भाउँ बढेर छोइनसक्नु भएको थियो । यो हप्तादेखि फेरी मुल्य थालेको छ ।

बजारमा चाँदीको भाउ ४० रुपैयाँले घटेको छ । गत आइतबार तोलाको ७ सय ५५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय १५ रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउँमा पनि धेरै नै उचारचढाव देखिएको व्यवसायीहरुले बताएका छन् ।