२९ आश्विन २०८३, बिहिबार

न्युरोडमा मोबाइल महोत्सव आयोजना, हरेक मोबाइलमा ५० प्रतिशत छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

old-smartphone-collection-Nepal-for-turnamentकाठमाडौं, १७ माघ । काठमाडौंको न्युरोडमा फागुन १ देखि ७ गतेसम्म मोबाइल मेला २०१५ लाग्दै छ । न्युरोड स्थित ताम्राकार कम्प्लेक्सले स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा फागुन १ गतेदेखि मोबाइल महोत्सव २०१५ आयोजना गर्न लागेको हो ।

ताम्राकार कम्प्लेक्सभित्र लाग्ने मोबाइल महोत्सवमा हरेक कम्पनीका मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुट दिईने ताम्राकार कम्प्लेक्सका सञ्चालक तथा महोत्सव संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।

सात वर्षदेखि कम्पलेक्सले विभिन्न कम्पनीका मोबाईलहरु सुपथ मुल्यका ग्राहहरुलाई उपलब्ध गराउदै आएको छ ।
मोबाइल कम्प्लेक्सले प्रत्येक वर्ष विभिन्न अवसर पारेर ग्राहकहरुलाई आकर्षक छुट तथा सुविधा समेत दिदै आएको छ ।

सातौ वार्षिकोत्सवमा विभिन्न कार्यक्रमसहित मोबाइल महोत्सव २०१५ पनि आयोजना गरिन लागेको हो । स्वदेशी तथा विदेशी मोबाइलहरुको प्रवद्र्धन नै महोत्सवको मुख्य उद्देश्य भएको संयोजक बस्नेतले बताउनुभयो । महोत्वसमा ताम्राकार कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु संचालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए ।

मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने महर्जनको भनाई छ । ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट समेत पाउनेछन् ।

ताम्राकार कम्प्लेक्समा जेएस मोबाइल शप संचालन गर्दै आएका जगत साउँदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने र महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए ।

महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्दैछ । सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक प्रालिका गुरुदत्त शर्माले हरेक दिन लक्की ड्र गरिने र सो लक्की ड्रमा हरेक दिन ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरण राखि बम्पर उपहार दिइने बताए ।

ताम्राकार कम्प्लेक्सले बम्पर उपहार अन्तरगत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिने छ । वेष्ट टेक सेन्टरका प्रोपराईटर गोपाल निरौलाले महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिइने योजना सुनाए ।

कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ ।

ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने मेरिना मोबाइलका कृष्ण कर्माचार्यले बताए ।

महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्मको छुट, निशुल्क वाईफाई तथा निशुल्क पार्किङ सेवा पाउनेछन् ।

ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज सुविधा ग्राहकलाई दिदै आएको छ । भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।