कतार । प्रवासी नेपालीहरुलाई मनोरञ्जन दिन कतारमा साङ्गितिक कार्यक्रम आयोजना हुने भएको छ ।
एनआरएन कतारले लोकप्रिय कलाकारहरुको सहभागितामा प्रवासी नेपालीलाई मनोरञ्जन दिन साङ्गितिक कार्यक्रम गर्न लागेको हो ।
कतारको अल अरबी स्पोर्टस क्लब तथा गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद्संग समन्वय गरेर फेब्रुअरी ६ मा भोजपुरी सुपरस्टार खेसरीलालका साथै लोकगायिका पुर्णकला बिसी, खुश्बु खड्का र रुपा लामाको सहभागितामा एनआरएन कतारले साङ्गितिक धमाका मच्चाउन लागेको हो ।
साङ्गितिक कार्यक्रमसंगै अल अरबी क्लब र अल जईस क्लब बिचको रोमाञ्चक फुटबल प्रतियोगिता पनि दर्शकले हेर्न पाउने छन् ।
ख्यातीप्राप्त राष्ट्रिय कलाकारलाई कतारको मैदानमा उतार्दै हजारौ दर्शक सामु एनसीसी कतारले पनि आफ्नो प्रस्तुती राख्ने छ । स्थानिय कलाकारको प्रस्तुती दर्शकले पाउनेछन् ।
साङ्गितिक कार्यक्रम तथा फुटबल प्रतियोगिताका दर्शकमध्ये ५ जनाले दोहा–काठमाडौं टिकट, अन्यले सपिङ भौचर तथा मोबाईल फोन सेट पुरस्कार समेत पाउनेछन् ।














प्रतिक्रिया