३० आश्विन २०८३, शुक्रबार

संविधानसभाको नाराबाजीलाई लिएर एमाओवादी भित्रै असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

संविधानसभाको प्रक्रिया बहिष्कार गरी सदन र सडक तताइरहेको बेला एमाओवादी भित्र भने असन्तुष्टिको आगो लागेको छ ।

पार्टीको गतिविधिबाट १० वर्षे जनयूद्ध गरेर हजारौँ नेपालीको प्राणको आहुती गराएर ल्याएको संविधानसभाकै हत्या हुने अवस्थामा पुगेको भन्दै एमाओवादीका नेताहरु असन्तुष्ट बनेका हुन् । पार्टीको नेतृत्वमा भइरहेको संविधानसभा र संसदका समितिहरु बहिस्कार गर्ने निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेपछि एमाओवादीले संसदीय दलको बैठक बोलाएको छ ।