३० आश्विन २०८३, शुक्रबार

मलेसियामा एक नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 – Nepali-worker-deathयमबहादुर बम
धनगढी, १४ माघ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक युवकको मृत्यु भएको छ ।

तीन महिना अघि कामको लागि मलेसिया गएका कैलालीको फूलवारी गाविस तुलसीबारीका २५ वर्षीय सुभाष पौडेलको मलेसियामा मृत्यु भएको छ ।

पौडेल मंगलबार दिनभर काम गरेर राती कोठामा सुतेको बेला अकस्मात निसासिएको र उपचारका लागि अस्पतालमा लैजादा मृत्यु भएको खबर आएको पौडेलका काका अमर पौडलले जानकारी दिनुभयो ।

आफूहरुलाई मलेशियाको कुन ठाउ‘, कुन कम्पनीमा काम गरिरहेको भन्ने कुरा थाहा नभएको बिहीबार (आज) सम्म पत्ता लाग्न सक्ने अमरले बताउनुभयो ।
मलेसियामा रहेका पौडेलको मृत्यु भएको खबर उनका साथीहरुले फोनबाट गराएको पनि अमरले बताउनुभयो ।