३० आश्विन २०८३, शुक्रबार

यसैका लागि ‘जिउँदा शहिद’ बनेका थिए मुकेश ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mukesh-Kayestha-Sambidhan-Sava-Todfod

– रामसुन्दर आचार्य

तोकिएकै समयमा संविधान निर्माण नहुँदा आम नेपालीमा निराशा छाएको छ । अझ शहिद परिवारहरुलाई त झन पीडा माथि पीडा थपिदिएको छ । बनेपाका जिउँदा शहिद मुकेश कायस्थको परिवारमा दलका नेताहरुले नै प्रतिबद्धता जनाएर माघ ८ मा संविधान निर्माण गर्छौ भनेको बाचा पूरा नहुँदा र नेताहरुले कुर्सी हानाहान गर्दा यति बेला रुवावासी चलेको छ ।

“नेताहरुले कुर्सी हानाहान गरे, दोस्रोपटक पनि संविधान दिन सकेनन्, यिनीहरुले शहिदको अपमान गरे” भन्दै ५ गते देखि आमा मिरा कायस्थले गहभरि आँशु पार्दै भनिन् “धेरैलाई अपाङ र शहिद बनाएको कुर्सी हान्न र संविधान नबनाउन हो ? भन्दै आफैलाई प्रश्न गर्छु ।’