२९ आश्विन २०८३, बिहिबार

सिसिटीभी क्यामेराले भन्सारलाई दियो सुरक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cctv-cameraमहेन्द्रनगर, १४ माघ । लाखौको सामान लुकाएर राजस्व चुहावट भइरहेको कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले सुरक्षाका लागि सिसिटीभी क्यामेरा जडान गरेको छ ।

कार्यालयको काम कारबाहीलाई चुस्तदुरुस्त पार्न र निगरानी बढाउनका लागि क्यामेरा जडान गरिएको हो । कार्यालयभित्र र बाहिर गरी ६ वटा क्यामेरा जडान गरिएको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । क्यामेरा अनुगमन कक्ष भन्सार प्रमुखको कार्यकक्षमा राखिएको छ ।

“कार्यालयको कामकारबाहीलाई चुस्तदुरुस्त, पारदर्शी र सुशासन कायम गर्नका लागि क्यामेरा जडानको कार्यले सघाउ पुर्याउने विश्वास लिएका छौं”–उहाँले भन्नुभयो । “भन्सार कार्यालयका अवाञ्छित क्रियाकलापमा संलग्न हुने कर्मचारीको पहिचान गरी कारबाही गर्न क्यामेरा जडानको कार्यले मद्दत पु¥याउने र भन्सार छलेर सामान भित्र्याउनेलाई राजस्वको दायरामा ल्याउनका लागि यस कार्यले सहयोग पुग्दछ”–उहाँले भन्नुभयो ।

भन्सार सुधारका कार्यलाई अगाडि बढाएको चर्चा गर्दै उहाँले पहिलो सुधारको कार्यअन्तर्गत यस कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।