२९ आश्विन २०८३, बिहिबार

क्रान्तिकारीले भन्यो– तत्काल ग्यासको अभाव अन्त्य गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasकाठमाडौँ, १४ माघ । खाना पकाउने एलपी ग्यासको अभाव अन्त्य गर्न अखिल (क्रान्तिकारी) ले सरकारसँग माग गरेको छ ।

माइतिघर मण्डलाबाट नेपाल आयल निगमसम्म खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गर्दै बुधबार विद्यार्थीले कृत्रिम अभाव अन्त्य गर्न र कालाबजारीलाई कारबाही गर्न माग गरेका हुन् ।

अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले ग्यासमा गरिएको कृत्रिम अभावलाई अन्त्य गर्न र तत्काल दोहोरो मूल्य लागू गर्न सरकारसँग माग गर्नुभयो ।

निगमले नियमित भन्दा बढी ग्यास आपूर्ति गरेपनि व्यापारीले ग्यास लुकाएका कारण उपभोक्ताले ग्यास नपाएको भन्दै उहाँले त्यस्ता व्यापारीलाई कारबाही गर्न माग गर्नुभयो ।