९ कार्तिक २०८३, सोमबार

नेपालको विकासमा भारत सदैव सकारात्मक: भारतीय राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-ray.Indian-ambassdor

महोत्तरी, १४ माघ । नेपालका लागि भारतीय राजदूत रन्जीत रेले नेपालको सर्वपक्षीय विकासका लागि भारत सदैव सकारात्मक रहने बताउनुभएको छ ।

भारतको ६६औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल भारत महिला मैत्री समाज परिवारद्वारा मंगलबार साँझ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत रेले आफूले नेपालको समग्र विकास हेर्न चाहेको बताउनुभयो ।

कार्यक्रममा राजदूत रेले महोत्तरीका मटिहानी, धिरापुर तथा भारत विहारका मधवापुर, विहारी र उत्तरा बेंगडाका अपाङ्गता भएका १७ जनालाई ह्विलचेयर वितरण गर्नुभयो ।