२९ आश्विन २०८३, बिहिबार

तमु प्येल्हु संघले विदेश शाखाका प्रतिनिधिहरुलाई सम्मान गर्यो (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamu 1देबीजङ्ग तमू
पोखरा, १४ माघ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई तमु प्ये ल्हु संघले स्वागत तथा सम्मान गरेको छ । संघको केन्द्रिय समितिले एक समारोहका बीच विदेश शाखाबाट आएका प्रतिनिधिहरुलाई नेपालमा स्वागत तथा सम्मान गरेको हो ।

रोजगारको क्रममा बिदेशमा रहेता पनि तमुहरुको प्ये ता ल्हु ताको प्रबद्र्धन तथा प्रचारप्रसारमा सक्रिय प्ये ल्हु सङ्ग बिदेश शाखाका प्रतिनिधिहरुलाई कदर गर्दै संघले स्वागत तथा सम्मान गरेको हो ।

घर बिदाको क्रममा नेपाल आउनुभएका तमु प्ये ल्हु संघका युके अध्यक्ष सोम तोर्जे तमु, इजरायलका महासचिब दिपेन कत्र तमु, युएइका सदस्यद्धय मानु तमु र मेख माया क्रोम्छै तमुलाई संघले फुलमाला र क्रेगीले सम्मान गरेको हो ।

tamu 2कार्यक्रममा सम्मानित चारै जना प्रतिनिधिहरुले आ–आफ्नो शाखाले गरिरहेका गतिबिधिबारे केन्द्रलाई जानकारी गराएका थिए ।

यसैबिच संघले कतार शाखाले दोहामा आयोजना गरेको ल्हु ल्होसार बिशेष कार्यक्रममा नेपालबाट सहभागी भएर फर्किएका पच्यु पैडी पोल बहादुर क्रोम्छै तमु र पत्रकार देबीजङ्ग ल्हेगे तमुलाई समेत स्वागत तथा बधाई दिएको छ ।

संघको तर्फबाट सहभागी भई कतारमा कार्यक्रमलाई भब्य र सभ्य रुपले सम्पन्न गर्नमा बिशेष योगदान दिएको भन्दै पोल क्रोम्छै तमु, हरिमाया ल्हेगे तमु र देबीजङ्ग ल्हेगे तमुलाई बधाई दिइएको संघका अध्यक्ष क्याप्टेन रुप बहादुर गरब्ज तमुले जानकारी दिनुभयो ।

tamu 3पोल तमुले कतारमा भएको कार्यक्रमबारे नेपाली प्रतिनिधिलाई जानकारी गराएका थिए ।

तमु प्ये ल्हु संघ कतार शाखाले केन्द्रलाई पठाउएको मायाको चिनो, टिसर्ट र प्ये ल्हु सङ्ग अकित कप समेत हस्तान्तरण गरिएको थियो ।

उपहारहरु पोल तमु र देबीजङ्ग तमुले केन्द्रीय संघका अध्यक्ष क्याप्टेन तमुलाई हस्तान्तरण गरेका थिए ।

तमु प्ये ल्हु सङ्ग युएइका सदस्य मानु तमुले केन्द्रीय संघलाई नगद १० हजार ५ सय २५ रुपैया समेत प्रदान गरेका थिए ।