दोहा, कतार । चितवनको रत्ननगर नगरपालिका–१० मङ्गलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बस्दैआएका चेपाङ बालबालिकाको शिक्षाका लागि करिब रु दुई लाख सहयोग प्राप्त भएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिको विशेष पहलमा कतारबाट रु दुई लाख १२ हजार आर्थिक सहयोग प्राप्त भएको हो ।
समितिको मध्यपूर्व उपसंयोजक पूर्णकेसी र पत्रकार घनश्याम पराजुलीकोे पहलमा कतारमा कार्यरत नेपालीबाट सङ्कलन गरिएको उक्त रकम चेपाङ बालबालिकाको शिक्षाका लागि सहयोग गरिएको हो ।
एनआरएन च्यारेटी फन्डमार्फत प्राप्त भएको सो रकम उनीहरूको शिक्षामा खर्च गरिने र केन्द्रको वालसहितको सातकोठे भवन निर्माण गर्दा लागेको ऋण तिर्न प्रयोग गरिने केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा चितवन र मकवानपुरका ७७ जना विपन्न चेपाङ बालबालिका बस्दै आएका छन् । उनीहरूलाई रत्ननगरका विभिन्न विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको छ ।














प्रतिक्रिया