९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले आजबाट बिपक्षी दलसँग वार्ता थाल्दै, यस्तो छ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौं, १४ माघ । प्रधानमन्त्री सुशील कोइरालाले आजबाट विपक्षी मोर्चासँग वार्ता सुरु गर्दै हुनुहुन्छ ।

सत्ता साझेदार दलका तर्फबाट वार्ताको जिम्मेवारी पाएका प्रधानमन्त्री कोइरालाले दुईपक्षीय छलफल र नेताहरुसँग भेटवार्ता गर्ने तयारी गर्नुभएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

एमाओवादी र मधेशी मोर्चासँग अनौपचारिक छलफल गर्न प्रधानमन्त्रीले काँग्रेसका केन्द्रीय नेता तथा सभासद्लाई परिचालन गर्नुभएको छ । जसले विपक्षी दलका नेताहरुसँग अनौपचारिक रुपमा छलफल गरिरहेका छन् ।

सत्तारुढ दलहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी औपचारिक वार्तामा आउन र प्रश्नावली समितिमा बस्न आग्रह गरिसकेका छन् । तर विपक्षी मोर्चाले वार्ता नगर्ने अडान यथावत राखेको छ । संविधानसभाका अध्यक्षले एकलौटीरुपमा बहुमतीय प्रक्रिया सुरु गरेको भन्दै विपक्षी मोर्चाले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ ।