बेल्जियम । अध्ययनका लागि बेल्जियम पुगेका एक नेपाली युवक बेपत्ता भएका छन् । नेपालबाट केही समयपहिले बेल्जियम गएका ३० वर्षिय भृगु घिमिरे ३ हप्तादेखि बेपत्ता भएको नमस्ते युरोपद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपाली युवा बेपत्ता भएको तीन साता वितिसक्दा पनि कुनै अत्तोपत्तो नलागेपछि नेपालीहरु चिन्तित बनेका छन् । बेल्जियमको एक कलेजमा अध्धयनका लागि गएका घिमिरे जनवरी ४ देखि वेपत्ता भएका थिए ।
उनीसंग कुनै परिचयपत्र नभएको विज्ञप्तीमा उल्लेख छ । उनको वारेमा कतै कुनै सुचना प्राप्त भएमा जानकारी गरिदिन समेत आग्रह गरिएको छ ।















प्रतिक्रिया