पिठुवा (रत्ननगर) १३ माघ । रत्ननगरमा दुग्ध व्यवसायमा प्रबद्र्धन गर्नका लागि घाँस खेती कार्यक्रमको सुरुवात गरिएको छ ।
गुराँसफुल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड रत्ननगर–१४ पिठुवाको आयोजनामा घाँस खेती कार्यक्रम मंगलबार उद्घाटन गरिएको हो ।
संस्थाले स्थानीय कृषकहरुको दुग्ध व्यवसायमा प्रबद्र्धन गर्ने उद्देश्यले गुञ्जमान प्लटमा ४ विगहा जग्गा ठेक्कामा लिएर घाँस खेती गरेको छ ।
कृषकलाई संस्थाले आजवाट ३ रुपैया किलोमा घाँस विक्री गरी आन्दानी गर्ने सोही घाँसवाट बीउ उत्पादन गरी विक्री गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला पशु सेवा कार्यालय र राष्ट्रिय चरण विकास कार्यक्रमको सहयोगमा सहकारीले घाँसखेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला पशु सेवा कार्यालय भरतपुरका पशु विकास अधिकृत अर्जुन थपलियाले घाँस काटेर उद्घाटन गर्नुभएको कार्यक्रममा पशु विकास अधिकृत शालिकराम पौडेल, पशु सेवा उप केन्द्र खोलेसिमलका प्राविधिक हरिप्रसाद सुवेदी, संस्थाका उपाध्यक्ष डिल्लीप्रसाद गौतम, सह–सचिव विद्या खनाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
३ हजार घरधुरी रहेको पिठुवा क्षेत्रमा झण्डै ८० प्रतिशत किसानले पशुपालन गर्दै आईरहेका छन भने १० प्रतिशत किसानले व्यवसायिक पशुपालन गरिरहेको संस्थाका उपाध्यक्ष गौतमले जानकारी दिनुभयो ।















प्रतिक्रिया