कतार, दोहा । कतारमा बस्दै प्रवासी नेपालीको प्रतिनिधित्व गर्दै गुल्मी सेवा समाजले वनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कतारका अलदोसरी गार्डेन सहानियामा नेपाली संस्कृति प्रदर्शन तथा सातित्व भावनालाई मझबुत बनाउने गरी वनभोज कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष शिव खड्का जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली संस्कृति झल्किने लोकप्रिय पञ्चे बाजा, विभिन्न झाकी, नाँचहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमलाई मोडल÷डान्सर ओ.बी रायमाझीले सञ्चालन तथा अन्य कलाकारहरुले साङ्गितिक प्रस्तुती राखेर मनोरञ्जन दिएका थिए ।
सांस्कृतिक विभाग संयोजक तथा चर्चित गायक डोलराज परियारले प्रवासी भुमीमा रहेका नेपालीहरुको कथालाई शब्दद्धारा स्वागत गित पस्केका थिए । अन्य थुप्रै प्रस्तुतीहरु पनि परियारले दर्शकलाई छमछमी नचाएका थिए ।
कार्यक्रममा गायिका इन्दिरा शाह, गायक बामदेव भाट, रित कुमार श्रेष्ठ, मोहन शाह, शरद पाण्डे, राम प्रसाद खनाल, सन्देश शर्मा, डान्सर दिपक बुढामगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुतीले नेपालकै भुमिका छौं भन्ने अनुभुति दर्शकलाई गराएका थिए ।
कतारमा हास्य कलाकारको रुपमा चर्चित गुल्मेली हास्यकलाकार सुरज बिसीले नेपालको बर्तमान राजनीतिक परिबेशलाई कटाक्ष गर्दै मेरी बास्सैका धुर्मुसको अभिनय गरेर हसाएका थिए । समाजका अध्यक्ष शिव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्की प्रमुख अतिथि रहनुभएको थियो ।
एनआरएनए आईसीसी मध्यपूर्व सह–संयोजक पूर्ण केसी, आईसीसी सदस्य उमेश अधिकारी, एनआरएन एनसीसी कतारका महासचिव विनोद भट्टराई, नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अजिज अलि, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरे, नेपाली जनप्रगतिशिल मञ्चका सचिव लाल भाट, कतार नेपाली एकता समाजका महासचिव खिम बुढा, वसन्त फिल्मिस्का संरक्षक तथा युवा समाजसेवी ईश्वर काफ्ले कार्यक्रममा आतिथि रहेका थिए ।
कार्यक्रममा प्रवासी श्रमिक संघका अध्यक्ष विकास परियार, प्रेस चौतारी कतार शाखा अध्यक्ष नवराज विक, स्याङ्गजा सहयोग समाजका उपाध्यक्ष धन्नजन्य लम्साल, मोरङ सुनसरी सेवा समाजका अध्यक्ष टिएन बराल, कास्की आदर्श सेवा समाजका अध्यक्ष आश बहादुर गुरुङ, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, तनहँु सम्पर्क मञ्च कतार सह–सचिव याम विसी, पाल्पाली सेवा समाजका कोषाध्यक्ष होम बहादुर बगाले, स्वाग्लुङ सेवा समाजका सह–कोषाध्यक्ष हिरा केसीले सहभागिता जनाएका थिए ।
यस्तै, पर्वत सेवा समाजका सह–सचिव यम बहादुर क्षेत्री, पाचथर सेवा समाजका पुर्व अध्यक्ष छविरमण कटुवाल, भोजपुर सेवा समाजका अध्यक्ष जयकुमार राई, पाथीभरा ताप्लेजुङ सेवा समाजका अध्यक्ष लक्ष्मी कुमार गुरुङ, तनहँु सेवा समाजका सचिव दिल बहादुर रानाभाट, चितवन सेवा समाजका अध्यक्ष भूमिराज कार्र्की, दाङ देउखुरी सेवा समाजका प्रथम उपाध्यक्ष वसन्तराज पुरी, अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष भविन्द्र तामाङ, ग्लोबल आईएमइ बैंक प्रतिनिधि दिपेन्द्र पौडेल, आईएमई कतार प्रतिनिधि जितेन्द्र पाण्डे, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता थियो ।
समाजका सचिव कुमार अविरलले ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गरे । समाजका उपाध्यक्ष झबिन्द्र आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति शिव खड्काले गुल्मी सेवा समाज कतारमा सामाजिक क्षेत्रमा सक्रिय भुमिका निर्वाह गर्दै आइरहेकोले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।














प्रतिक्रिया