३० आश्विन २०८३, शुक्रबार

आमालाई छुरा हानेर छोरी भगाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोलबजार (सिरहा), १३ माघ । आमालाई छुरा हानेर छोरी भगाएउदा जेल जानुपर्छ भनेर सोचकै नहोलान । तर प्रहरीले सबै तरिका प्रयोग गरेका सिरहाका तीन युवकलाई पक्राउ गरी छाड्यो ।

सिरहाको गोलबजार नगरपालिका–८ की मीनादेवी साहमाथि छुरा हानेर उहाँकी १४ वर्षीया छोरी ममताकुमारी साहलाई लिएर भागेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का महेन्द्र साह, सुरेश यादव र हकपारा गाविसका पप्पु दास रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच÷सात जनाको समूहमा यही माघ ९ गते बेलुका गोलबजार–८ स्थित घरमै पुगेर मीनादेवीलाई छुरा हानेर उहाँकी छोरी ममतालाई भगाएका थिए । पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।

घटनामा संलग्न केही युवा अझै फरार रहेका र उनीहरुको खोजी जारी रहेको उहाँले थप्नुभयो ।

छुरा प्रहारबाट घाइते ममताकी आमा मीनादेवीको उपचार गोलबजार अस्पतालमा सम्भव नहुँदा विराटनगर लगिएको छ । विराटनगरस्थित न्यूरो अस्पतालमा मीनादेवीको उपचार भइरहेको छ । उहाँको गालामा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।