४ सय कामदार भएका कम्पनीको आग्रहमा दुतावासका प्रतिनिधीले निवेदन लिने
दोहा, कतार । नेपाल सरकारले एमआरपी पासपोर्ट बनाउन बाँकी रहेका प्रवासी नेपालीहरुको सेवाका लागि दुतावासले कम्पनीमै गएर निवेदन लिने व्यवस्था गरेपछि कतारका प्रवासी कामदार हर्षित भएका छन् ।
कतारका प्रवासी नेपाली मञ्चले कार्यवहाक राजदुत गणेश ढकाललाई भेटी नेपाली कामदारहरुको समयमै एमआरपी पासपोर्ट बनाउन दुतावासबाट पहल गर्न आग्रह गरेका थिए ।
कार्यवहाक राजदुत ढकालले कम्तिमा ४ सय नेपाली कामदार कार्यरत रहेको कम्पनीको अनुरोधमा दुतावासका प्रतिनिधीहरुको उपस्थितीमा सम्वन्धित कम्पनीमा गएर राहदानीको निवेदन लिन सकिने प्रावधान रहेको बताउदै दुतावासले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसका लागि प्रवासी नेपाली मञ्चले सहयोग तथा पहल गर्नुपर्ने राजदुत ढकालको भनाई थियो ।
प्रवासी नेपाली मञ्च कतारको चौथो राष्ट्रिय अधिवेशनवाट निर्वाचित राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरुले कार्यवहाक राजदुत ढकालसंग भएको भेटवार्तामा कतारमा कार्यरत नेपालीहरुको राहदानी (एमआरपी) वनाउने तथा दुतावास र नेपाली समुदायको विचमा हुन सक्ने सहकार्यको विषयमा समेत छलफल भएको प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष रामहरी गैरेले जानकारी दिनुभयो ।
कतारमा कार्यरत नेपाली राहदानी वाहकले नोभेम्बर २४ भित्र एमआरपी बनाइसक्नुपर्ने अन्यथा गैरकानुनी ठहरिने राजदुत ढकालले प्रवासी नेपाली मञ्च कतारका पदाधिकारीकालाई जानकारी गराएका थिए ।
दुतावासको आग्रहप्रति सहयोगका लागि ऐक्यवद्धता जनाउदै सहयोग गर्ने र अन्य समुदाय समक्ष सहयोगका गर्न प्रवासी नेपाली मञ्च कतारले अपिल समेत गरेको छ । नेपाल वाहेक एउटा देशवाट अर्को देशमा यात्रा गर्नुपर्ने भएमा ६ महिना अगाडी एमआरपी वनाई सक्नुपर्ने प्रवधान रहेकाले समयमै ध्यान दिन सबै नेपालीलाई प्रवासी नेपाली मञ्च कतारले आग्रह समेत गरेको छ ।













प्रतिक्रिया