२९ आश्विन २०८३, बिहिबार

चन्दाले हैरान: उद्योगीहरुले मोबाइल नम्बर परिवर्तन गर्न थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Money

पथरी, १३ माघ । मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगीहरु चन्दा माग्नेको कारणले हैरान भएका छन् ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले धार्मिक कार्यक्रम, खेलकुद र मनोरञ्जनात्कम कार्यक्रमका लागि आयोजकले फोन गरेरै दरै तोकेर चन्दा मागेपछि उद्योगी हैरान भएको बताउनुभयो ।

धार्मिक कार्यक्रमका लागि कम्तीमा ११ हजारदेखि ५० हजारसम्म चन्दा माग्ने गरेका छन् । स्वेच्छिक चन्दा दिए नलिने र मोलतोल गर्ने गरेको मोरङ व्यापार सङ्घका सभापति पवनकुमार सरडाले बताउनुभयो ।

चन्दा माग्नेहरुले हैरान बनाएपछि करिडोर क्षेत्रका उद्योगीले पुरानो मोबाइल नम्बर बन्द गरेर नयाँ नम्बर निकालेर चलाउन थालेका छन् । अहिले मात्र होइन बेलाबेलामा केही अराजक खालका राजनीतिक दलले समेत चन्दा मागेर हैरान पार्ने गरेको अध्यक्ष अग्रवाल बताउनुहुन्छ । उद्दण्ड राजनीतिक दलका लागि भने सानोतिनो चन्दाले मान्दैनन् । उनीहरुले कम्तीमा रु एक लाखदेखि रु दुई लाखसम्म चन्दा मागेर हैरानी पार्ने गरेको गुनासो उहाँले गर्नुभयो । रासस