१ कार्तिक २०८३, शनिबार

प्लस टुमा पनि ग्रेटिङ सिस्टम, फेल हुनेले चिन्ता नलिनुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hseb-officeकाठमाडौं, १३ माघ । प्लसटुमा लेभलमा फेल भएका विद्यार्थीले अब चिन्ता नलिए हुन्छ । कनिकी उच्च माध्यामिक शिक्षा परिषद्ले फेल नहुने ग्रेटिङ सिस्टम लागू गर्दैछ ।

एलएलसीमा ग्रेटिङ सिस्टम लागूभए लगत्तै उच्च माध्यमिक शिक्षा परिषदले पनि १० जोड २ (कक्षा ११ र १२) मा लेटर ग्रेटिङ प्रणाली लागू गर्ने योजना अघि बढाएको मंगलबारको राजधानी दैनिकमा खबर छापिएको छ ।

लेटर ग्रेटिङ प्रणाली लागू गर्दा विद्यार्थीको शैक्षिक प्रमाणपत्र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि प्रभावकारी हुने भन्दै परिषद्ले योजनाका लागि गृहकार्य अघि बढाएको हो ।
विश्वविद्यालय र विद्यालय तहमा लेटर ग्रेटिङ प्रणाली लागू भएपछि १० जोड २ मा पनि लागू गर्ने योजनालाई अघि सारिएको उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव नारायण कोइरालाले बताए ।

यसलाई कुन मोडलमा लागू गर्ने भन्ने विषयमा शिक्षामन्त्रीस्तरीय बैठकमा आइतबार छलफल भएको बताउदै सहसचिव कोइरालाले भने, ‘विज्ञ तथा सरोकारवालासहितको उच्चस्तरीय कार्यदल गठन गरेर सुझाव लिइनेछ।’

अंक प्रतिशत प्रणाली अधिकांश मुलुकहरूमा हटिसकेकोले नेपालमा पनि यसलाई हटाएर अक्षर प्रणाली लागू गर्ने आवश्यक छ। पछ्रिल्लो समय शिक्षाको नतिजा निरन्तर ओरालो लाग्दै गइरहेको छ ।

त्यसैले शिक्षाको नतिजा सुरक्षा गर्न गे्रटिङ प्रणाली लागू गरिएको सरोकारवालाहरु बताउछन् ।