काठमाडौँ, १३ माघ । उपभोक्ताको मागअनुसार ग्यास आपूर्ति गर्न नसकिएपछि नेसनल ट्रेडिङ लिमिटेडले आज ग्यासको बिक्रीवितरण स्थगित गरेको छ ।
केही समयदेखि ग्यासको अभाव भएपछि लिमिटेडले आफ्नै कार्यालयबाट आइतबार र सोमबार ग्यास बिक्रीवितरण गरेको थियो ।
उपभोक्ताको अत्यधिक माग रहेको र सोअनुरुप ग्यास कम्पनीले ग्यास सिलिण्डर उपलब्ध गराउन नसकेपछि अर्को सूचना नभएसम्मका लागि बिक्रीवितरण स्थगित गरिएको लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले बताउनुभयो ।
उहाँले मंगलबार सबै ग्यास कम्पनीसँग छलफल गरी पर्याप्त ग्यास सङ्कलन गरेपछि चाँडै वितरण गरिने बताउनुभयो ।
उहाँका अनुसार आइतबार र सोमबार गरी नेसनल ट्रेडिङले चार हजार ३०० ग्यास सिलिण्डर वितरण गरेको छ ।
















प्रतिक्रिया