काठमाडौँ, १३ माघ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले सहमतिको ढोका खुला राख्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दुई दलको बैठकले संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको छ ।
संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे दुबै दलले मंगलबार संविधान निर्माणमा सहभागी अन्य दलहरुसँग पुनः छलफल गरी निर्णय लिइने काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
“दुई दलको बैठकले कुनै ठोस निर्णय गरेको छैन, सहमतिको ढोका खुल्ला राख्ने र प्रक्रियालाई निरन्तर अघि बढाएर संविधान चाँडो जारी गर्नेबारे कुराकानी भएको छ, मंगलबार थप छलफल गरी निर्णय हुन्छ,” उहाँले भन्नुभयो ।















प्रतिक्रिया