अब तपाईंहरु वार्ता कसरी सुरु गर्नु हुन्छ ?
वार्ताको ढोका कहिल्यै बन्द त हुँदैन । संविधानसभाभित्र संविधान बनाउने क्रममा, संविधानका हरेक धाराहरुमा मतदान हुने बेलासम्म पनि वार्ता हुन्छ, सहमतिको प्रयत्न हुन्छ । तर, त्यसको अर्थ यसो नलिनुस् कि जुन बाटोबाट संविधानसभा अघि बढनुपर्ने त्यसमा एउटा सानो पाइला सारेको छ । अब ती कामहरु अघि बढ्न नदिने उद्देश्यका साथ त्यो हुन सक्तैन र हामी सदैव चाहन्छौ कि सहमतिबाट संविधान आउनुपर्छ ।
तपाईंलाई विश्वास छ फेरि पनि वार्तामा आउँछन् , सहमति हुन्छ भन्ने कुरामा ?
वार्तामा आउनुहुन्छ, पक्का आउनुहुन्छ, अब कति कुरामा सहमति होला नहोला पनि तर त्यसमा पनि सरसल्लाह होला ।
तर पनि तपाईंहरुले सहमतिको लागि पहल गर्नु भएनन् नि, नेताज्यू ?
उहाँहरुले ठूल्ठूलो मुड्की बजाएर आक्रमण गरेपछि भोलिपल्ट आक्रमण मात्र गर्नुभएन नारा मात्र लगाउनुभयो तपाईंहरु गएर उहाँहरुलाई सलाम गर्नुपर्ने भने जस्तो कुरा नगर्नुस न । उहाँहरुको सँधैको ट्याक्टिस हो यो ।
तर तपाईंहरु मुलुकको जिम्मेवार राजनीतिक शक्ति हो नि, काँग्रेस र एमाले भनेको त ?
हाम्रो जिम्मेवारी भनेको माओवादी फकाउने मात्र होइन, हाम्रो जिम्मेवारी जनताको मतको संरक्षण गर्ने हो । दुई तिहाई भन्दा बढी जनताको मतको प्रतिनिधि गर्छौँ हामी । दुई तिहाई भन्दा बढी सभासद् हाम्रो पक्षमा छन् त्यो मतको संरक्षण गरेर अघि बढनु हाम्रो जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्ने क्रममा माओवादी समेतलाई सहमतिमा ल्याए, सहमतिका साथ संविधान बनाउने त्यसमा जोडिएको जिम्मेवारी हो ।
द्वन्द्वबाट त तपाईंहरुले मुलुकलाई पन्छाउनु पर्छ नि ?
एउटा कुरा पक्का मान्नुस्, हामीले ७० बर्ष यो मुलुकमा संविधानसभामार्फत संविधान बनाउने भनेर ६५ वर्ष भयो । संविधानसभामार्फत संविधान बनाउनेको जनताको मतको आधारबाट संविधान बनाउने हो । काँग्रेसको मतबाट संविधान बनाउने भन्ने होइन, एमालेको मतबाट संविधान बनाउने भनेको होइन, माओवादीको मतबाट संविधान बनाउने भनेको होइन । त्यसैले संविधानसभाबाट संविधान बनाउने उद्देश्यका साथ हामी जम्मा भएका हौँ र त्यो उद्देश्यमा एकै ठाउँमा छौ । हामी त्यसको अर्थ दुई तिहाई भन्दा बढी जनताको प्रतिनिधित्व गर्ने दुई तिहाई भन्दा बढी सभासद्हरु जो छन् तिनले जनताको मतको प्रतिनिधि गर्नुगर्यो । जनताको मतको प्रतिनिधित्व गर्नुपर्ने पहिलो हाम्रो जिम्मेवारी हो । यो सँगसँगै हाम्रोबाहेक हामीलाई मतदान गर्नेबाहेक माओवादीलाई मतदान गर्ने जनताको प्रतिनिधित्व गर्ने माओवादीसँग पनि सहमतिमा जाने हाम्रो दोस्रो जिम्मेवारी हो । हामी दुईटै जिम्मेवारी हामी पूरा गर्छौँ भनिराखेका छौँ ।
तर, एकीकृत माओवादी र विपक्षी मोर्चाले त अब वार्ता नै नगर्ने सरकार सत्तारुढ दल र सभाध्यक्षसँग भनेका छन नि ?
अब त्यो कस्तो टयाक्टिस ? जो आज जोडजोडले कराउँछ, सभामुख यस्तो भयो, सभामुखले यस्तो ग¥यो भनेर । हाम्रो काम सभामुख मनाउने हो र ? आज सभामुखका बारे जनतामा नराम्रो सन्देश फैलाइदिने । भोलि गएर सभामुखसँग कुरा गर्न आयौँ भन्ने । जनतालाई त माओवादी कस्तो गजब भन्ने पर्छ । हिजो सभामुखलाई पनि बहिष्कार गर्यो, आज सभामुखसँग वार्ता गर्न आयो, गजब गर्यो माओवादीले भन्ने जस्तो बनाएर त्यत्तिमै मान्छेहरुलाई चित्त बुझाउने हिसाबबाट माओवादी लागेको छ । सभामुखलाई अलि झस्काउने, अरु पार्टीलाई झस्काउने । अनि आफ्नो उद्देश्य प्राप्त गर्ने कोसिस एमाओवादीले गर्दैछ । माओवादीका यस्ता धेरै चाल हामीले देखिसक्यौँ ।
अब तपाईंहरुले नेपाली जनतालाई कहिलेसम्म संविधान दिनुहुन्छ त ?
चाँडै ! माओवादी, मधेश केन्द्रीत दललाई सद्बुद्धि आए त महिना दिन नि नलाग्ला । अब उहाँहरुले यसै किसिमको झन्झट सिर्जना गरिराख्नुभयो भने अलि बढी समय लाग्छ ।












प्रतिक्रिया