कुवेत । तमू प्ये ल्हु संघ कुवेतले शुक्रवार कुवेतमा रहेका तमू चेलीवेटीहरुलाई एक विशेष समारोहवीच सम्मान गरेको छ ।
कुवेतको जलिप अब्बशिया शहरस्थित हाइदियना इन्डियन रेष्टुरेण्टमा शाखाले आयोजना गरेको चेलिवेटी सम्मान कार्यक्रममा संघको तर्फबाट प्रमुख सल्लाहकार क्याकुल प्रसाद तमु, सल्लाहकार नरजित तमु, सल्लाहकार अमर तमु, सल्लाहकार गोपाल तमु र अध्यक्ष छ्योमान तमुले महिला बिभागकी अध्यक्ष उमा तमु, सदस्य जुना तमु, मिना तमु र सुमि तमुलाई संयुक्त रुपमा थालिमा १ माना चामल, मासको दाल, बेसार नुन, तरुल र सखरखन्ड र भेटी दिई सम्मान गर्नुभएको थियो ।
कार्यक्रमस्थलको संघले भित्तामा चेलीबेटी भोज कार्यक्रमको ब्यानरको साथै अन्य तमुहरुको संस्कार र संस्कृति झल्किने खालका तस्वीर र विभिन्न फूलहरुले सजाउनुका साथै क्होइवोको प्रतिमुर्ति र तमु संस्कार र संस्कृति अनुसारको आवश्यक सामाग्रीहरुले मन्चमा सजिएको थियो ।
कार्यक्रमको प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु तथा छ्योमान तमुलाई पच्यु खेगी ईन्द्र प्हच्यु तमुले ७ माताको सम्झनामा ७ गोटा मैन बत्तीमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
पच्यु खेगी ईन्द्र तमुले माघे सक्रान्तीमा चेलीबेटीलाई माना चामल दिनुको महत्वबारे सवैलाई जानकारी गराउनुभएको थियो ।
तमु प्ये ल्हु संघ, युएईका अध्यक्ष एकाजङ्ग तमुको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा साँस्कृतिक बिभागका कलाकारहरुले एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत गर्नुका साथै हाँस्य नृत्यहरु समेत प्रस्तुत गरेका थिए । संघले नयाँ सदस्यहरुलाई सदस्यता समेत वितरण गरेको थियो । यसैवीच स्थापनाकालदेखि संघलाई आर्थिक एवम् भौतिक सहयोग गर्नेहरुलाई संघका तर्फबाट सम्मानपत्र, क्रमु र क्रेगीले सम्मान गरिएको थियो ।
सम्मानकै क्रममा तमुहरुको धर्म, संस्कार र संस्कृति बारे र तन, मन, धन, भौतिक, बौदिक र बैचारिक रुपले दत्तचित्त भई तमु एकताको लागि योगदान दिएको भन्दै ताङतिङ गाउँ (तोनेरतोंती नाँस) मुलघर भइ पोखरा निवासी हाल युएईमा कार्यरत तमु प्ये ल्हु संघ, यूएईका संस्थापक अध्यक्ष एकाजङ्ग तमुलाई तमु प्ये ल्हु संघ, कुवेत शाखाको तर्फबाट प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु, सल्लाहकार नरजित तमु, अध्यक्ष छ्योमान तमुबाट क्रेगी ओढाइ र सम्झना स्वरुप मायाँको चिनो उपहार प्रदान गरि सम्मान गरिएको थियो ।
यसका साथै अध्यक्ष एकाजङ्ग तमुलाई तमु प्ये ल्हु संघ, कुवेत आमा समूहको तर्फबाट महिला बिभाग अध्यक्ष उमा तमुले सम्झना स्वरुप मायाँ चिनो उपहार दिनुभएको थियो । यस पटक तमु प्ये ल्हु संघ, कुवेतको नयाँ सदस्यता प्राप्त गर्नुभएका सदस्यहरुले संघमा आवद्ध चेलिवेटीहरुलाई होल्याण्ड लुङ्गी दिई सम्मान गरेको छ ।
कार्यक्रममा यूएईका अध्यक्ष एकाजङ्ग तमु, क्या कुल प्रसाद तमुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्पुर्ण होटेल भाडा, र खानाको प्रायोजन प्रमुख सल्लाहकार क्या कुल प्रसाद तमु, सल्लाहकार नरजित तमु, सल्लाहकार अमर तमु,सल्लाहकार गोपाल तमुले गर्नुभएको थियो । भने कार्यक्रमको संचालन भिम तमु र डम्मर तमुले गर्नुभएको थियो ।















प्रतिक्रिया