२९ आश्विन २०८३, बिहिबार

उद्योगमन्त्रीद्धारा मदिरा व्यवसायीसंग छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-Basnet

काठमाडौं, १२ माघ । उद्योगमन्त्री महेश बस्नेतले मदिराको विक्रि, वितरण तथा गुणस्तरका पक्षमा देखिएका समस्या समाधानका पक्षमा मदिरा उत्पादक व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।

सोमबार उद्योग मन्त्रालयको सभाहलमा भएको सो छलफलमा उहाँले गुणस्तरहीन मदिरा विक्री वितरणका साथै त्यसबाट विषेश गरी अछाम लगायतका पहाडी जिल्लामा परेको यावत समस्याको बारेमा आफ्नो ध्यानार्कषण भएको उल्लेख गर्नुभयो ।
सो छलफलमा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अछाम जिल्लामा अखाद्य मदिरा विक्री भैरहेकाले सो कार्य तत्काल नियन्त्रण गर्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।

उहाँले अछाम जिल्लामा मदिराका वोतल तथा ठेउका (पेट वोटल)सार्वजनिक स्थलमा यत्रतत्र छरिएको अवस्था रहेकाले वातावरणीय समस्या निम्त्याएको उल्लेख गर्नुभयो । रावलले उक्त समस्यका समाधानका लागि सम्बन्धीत निकायलाई धार्नाकर्षण गराउनुभयो ।

त्यस्तै, मदिरा उत्पादक व्यवसायिले सरकारको अनुमति प्राप्त डिस्टिलरीबाट उत्पादित मदिरा गुणस्तर भएको र अवैद्यरुपमा उत्पादित मदिरा गुणस्तरहीन भएको बताए । मदिरा उत्पादक व्यवसायिहरुले विद्यमान ऐन, नियम व्यवसायीमैत्री नभएकाले संशोधन गर्न माग गरेका छन् ।