काठमाडौं, १२ माघ । नेपाल सरकारले विदेशमा पुर्खाेदेखि बस्दै आएका नेपाली मुलका विद्यार्थीलाई २५ डलर सम्मको सहुलियत भिसा उपलब्ध गराउने भएको छ ।
एनआरएन थाइल्याण्ड, तथा अन्य देशका नेपाली मुलका नागरिकले पढ्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकारले सहुलियत भिसा सहित अध्ययन गर्न पाउने व्यवस्था गरेको हो ।
नेपाल सरकारको सचिब स्तरको बैठकले गैर आबासीय नेपाली समन्धी ऐन २०६४ र नियमावली २०६६ मा व्यवस्था भए अनुसार थाइल्याण्ड र म्यानमारमा रहेका पुर्ख्यौली कागजाजको अभावमा सरकारी एनआरएन कार्ड प्राप्त गर्न असमर्थ नेपाली मुलका सबै बिद्यार्थीलाई वार्षिक २५ डलरमा बिद्यार्थी भिसा दिने निर्णय गरेको हो ।
माघ ८ गतेदेखि निर्णय लागू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारी एनआरएन कार्ड हुने बिद्यार्थीले यो सुबिधा पाउने छन् । एनआरएनका अध्यक्ष शेष घलेले परराष्ट्रमन्त्री महेन्द्र पाण्डेयलाई विद्यार्थीहरुले पढ्न पाउने वातावरण सिर्जना गर्न पहल गर्नुभएको थियो । एनआरएन म्यानमारका अध्यक्ष सागर घिमिरे पनि विद्यार्थीको अधिकारका लागि पहल गरेका थिए ।
सहुलियत भिसा सूचारु भएपछि नेपाली मुलका थाइल्याण्डका १ लाख र म्यानमारका करिब ५ लाख जनसंख्या लाभान्वित भएका छन् । यस कदमले ३ पुस्ता अगाडी मातृभूमि छोडेका नेपालीहरुलाइ आफ्नो भाषा र संस्कृति बचाउन बिशेष मद्दत गर्ने र नेपाल एक अन्तराष्ट्रिय शैक्षिक केन्द्र बन्ने एनआरएन थाइल्याण्डका अध्यक्ष खजेन्द्रराज ढकालले बताउनुभयो ।
एक वर्ष अघि सरकारले सरकारी एनआरएन कार्ड भएका बिद्यार्थीलाई मात्रै यो सुबिधा दिने निर्णय गरेको थियो । जसका कारण सरकारी प्रमाणको नभएक विद्यार्थी उक्त सुबिधा बाट बन्चित थिए । सयौ बिद्यार्थीहरु नेपाली भाषा र संस्कृति सिक्ने उहाँको विश्वास छ ।
विद्यार्थीको अधिकारका लागि सहयोग गर्ने राजदुतावास लगायत सबैलाई एनआरएन थाइल्याण्डले धन्यवाद समेत दिएको छ ।














प्रतिक्रिया