२९ आश्विन २०८३, बिहिबार

डिभिजन १ मा नेपाल पनि छनोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-teamकाठमाडौं १२ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा चौथो स्थानमै चित्त बुझाएको नेपालले डिभिजन–१ का खेलहरु खेल्न पाउने भएको छ । सोमबारको नागरिक दैनिकले समाचार छापेको छ ।

नेपाली राष्ट्रिय टोलीले डिभिजन–१ सँगसँगै चार वर्षपछि हुने एकदिवसिय विश्वकप क्रिकेट छनोट पनि खेल्नेछ । नामिवियामा शनिबार सम्पन्न डिभिजन–२ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको हो ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष २ टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो र चौथो टोली डिभिजन २ मा यथाबत रहने र पुछारका २ टोली रेलिगेसनमा पर्ने प्रावधान थियो ।

आइसीसीले भने तेस्रो भएको केन्या र चौथो भएको नेपाललाई पनि डिभिजन १ को हैसियतको विश्व क्रिकेट खेल्न मौका दिने तयारी गरिरहेको छ ।

नेपालको राम्रो प्रदर्शन हुदा पनि विश्व क्रिकेटका अनुभवी टिमसंग पराजित हुदा सजिलैसंग डिभिजन १ मा पुग्ने मेहनत खेर गएको थियो ।