३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले भने, ‘नेपाललाई नराम्रो द्वन्द्वमा फसाउने प्रक्रिया सुरु भयो, राम्रो परिणाम दिँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-kutpit

काठमाडौं, ११ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्नु महाभुल भएको बताउनुभएको छ ।

संविधानसभाको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सभाध्यक्ष नेम्वाङल पार्टी प्रवक्ताको काम गरेको आरोप समेत लगाउनुभयो । सभाध्यक्षले संविधानसभालाई विभाजित गर्ने काम गरेको कलंकको टीका लगाएको प्रचण्डको आरोप छ ।

‘यसले नेपालको ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई पछि धकेल्ने, प्रचितगमनमा लैजाने र नेपाललाई नराम्रो द्वन्द्वमा फसाउने प्रकृयाको सुरुवात गरेको छ ।’ उहाँले भन्नुभयो ।

अब जनतामा जाने घोषणा गर्दै अध्यक्ष प्रचण्डले त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिनुभयो । ‘नेपाली समाजलाई विभाजित गरेर, संविधानसभालाई विभाजित गरेर देशलाई द्वन्द्वमा धकेलेर निक्लने कुनै पनि परिणामको जिम्मेवार नेपाली काँग्रेस, एमाले र सभाध्यक्ष हुनुपर्दछ । पाँच दिनको समयको केही अर्थ छैन । हामी जनताको बीचमा जान्छौं ।’- उहाँले भन्नुभयो ।

झण्डै एक घण्टा ढिलो गरी सुरु भएको आइतबारको संविधानसभा बैठकमा बिपक्षी दलको अवरोधका बाबजुद पनि सभाध्यक्ष नेम्वाङ स्वयमले प्रश्नावली समिति गठनको प्रस्ताव गर्नुभएको थियो । जसलाई बहुमतले पारित गरेको छ ।
नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाओवादीसहित विपक्षी १९ दलीय मोर्चाको बैठक बस्दैछ ।