खेमराज खनाल
दुबई । यूएईको बरदुबइमा अङग्रेजी नयाँ बर्षको धमाका जनबादी गीत संगीतको कार्यक्रम रक्तिम साँझ सम्पन्न भएको छ ।
यूएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा कार्यक्रम भएको हो । नेपाली एकता समाज यूएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति समाजसेवी कृष्ण ढकाल रहनुभएको थियो ।
कार्यक्रममा नेपाल जिल्ला परिषद युएईका सचिवालय सचिब मणिप्रसाद भुर्तेल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका महासचिब गोपाल कंडेल, नेपाल पत्रकार महासंघ यूएईका सचिव लक्ष्मण खनाल, स्याङजा सहयोग समाज यूएईका अध्यक्ष राजु पाण्डे, महिला संघ यूएईकी अध्यक्ष राधा ढकाल, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खडका, बागलुङ सेवा समाज यूएईका अध्यक्ष पिताम्बर पाण्डे गुल्मी सेवा समाज अध्यक्ष लक्ष्मण भण्डारी, पर्वत सेवा समाज युएईका राजेन्द्र अधिकारी, भुपती न्यौपाने एकेन्द्र थापा, कमल गिरी अतिथि रहेका थिए ।
कार्यक्रममा स्थानीय कलाकार डम्बर भण्डारी, ललित थापा मगर, बस्त थापा, सुदिप गैरे, सुर्य केसी सिता गिरी कलाकारहरुको प्रस्तुतिले धमाका मच्चाएको थियो्र । कार्यक्रम शिवराज जोशीले संचालन गर्नुभएको थियो ।
















प्रतिक्रिया