दिलीप पराजुली
कतार । नुवाकोट सेवा समाज कतारले समाजका कार्यसमिति सदस्य गर्वसिंह तामाङलाई सम्मानसहित बिदाई गरेको छ ।
सनैयास्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा कार्यसमिति सदस्य तामाङ कतारको बसाई बिट मारेर मातृभूमि फर्कन तयारीमा रहेकोले सम्मान तथा बिदाई कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष हरिकृष्ण रिमालको सभापतित्वमा आयोजित सो कार्यक्रममा खोटाङ सेवा समाजका महासचिव रुद्रप्रसाद आचार्य, संस्थाका सल्लाहकार राजन रिमालको आतिथ्यता रहेको थियो । संस्थाका कार्यसमिति र साधारण सदस्यहरुको बाक्लो उपस्थितिले तामाङको बिदाई तथा सम्मानलाई भव्य बनाएको थियो ।
प्रवासको बसाईलाई अन्त्य गर्दै स्वदेश फर्कन लाग्नु भएका तामाङलाई सम्मानपछि शुभकामना दिँदै अतिथिहरुले सामाजिक अभियानमा तामाङले देखाएको क्रियाशिलताले सबैलाई प्रभावित पारेको भन्दै सो क्रियाशिलता अझ बढेर जाने आशा राखेका थिए ।
यसैगरी विशेष अतिथि तामाङले भौतिक रुपमा टाढा रहेपनि भावनात्मक रुपबाट आफू कहिल्यै टाढा नरहने भन्दै समाजले आफूलाई दिएको यो सम्मानले भावुक बनाएको उल्लेख गरे । रात्रीभोजसहित आयोजित कार्यक्रम संस्थाका महासचिव प्रदिप बोहराले सञ्चालन गरेका थिए ।














प्रतिक्रिया