३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले भने, ‘सडक र संविधानसभामा हाम्रो जित भयो’ काँग्रेस र एमालेले मोर्चा फुटाउन खोजेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi-Morcha

काठमाडौं, ९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेले विपक्षी दलहरुको मोर्चा फुटाउन खोजेको आरोप लगाउनुभएको छ ।

एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाको शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले मोर्चाकै अर्को घटक फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अघि सारेको प्रस्तावमा आफ्नो कुनै आपत्ति नरहेको टिप्पणी गर्नुभयो । तर, काँग्रेस र एमालेका नेताहरुले मोर्चा फुटाएर कमजोर बनाउन हावादारी कुरा बाहिर ल्याएको उहाँको आरोप छ । बैठकमा प्रचण्डले काँग्रेस र एमालेलाई प्रतिगामी संविधान बनाउनबाट रोक्न सफल भएको निष्कर्ष सुनाउनु भएको थियो । सडक र संविधानसभामा हाम्रो जित भएको छ, तर मोर्चालाई फुटाउने षडयन्त्र भइरहेको छ । प्रचण्डको भनाइ थियो ।

एमाओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले काँग्रेस र एमाले लगायतका दलहरुलाई प्रक्रियामा जान नदिएको र सडक आन्दोलन पनि व्यापक रुपमा सफल भएको निष्कर्ष निकाल्दै आफूहरुको जित भएको स्पष्ट पारेको छ ।

मोर्चाले शुक्रबार दिउँसो १ बजे बस्ने संविधानसभाको बैठकमा काँग्रेस र एमालेले प्रक्रियामा जान खोजे फेरि बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।