३० आश्विन २०८३, शुक्रबार

अहिलेको संविधानसभा असफल हुँदैन : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधानसभा असफल नहुने बताउनुभएको छ ।

संविधानसभा भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिलेको संविधान असफल नहुने बताउनुभएको हो । ‘अहिलेको संविधानसभा असफल हुँदैन, यो संविधानसभाले संविधान दिन्छ, संविधानसभा संविधान नदिई असफल हुँदैन’- ओलीले भन्नुभयो ।

संविधान जारी नहुनुको कारक माओवादी नै रहेको भन्दै उहाँले माओवादीलाई घोटेर पिलाएर लाग्छ कि भनेर आफू लागेको टिप्पणी गर्नुभयो ।

‘माओवादीको उदण्ड गर्ने सीमा हुन्छ, यसको पनि अलिकति औद्यी हुन्छ ।’ उहाँको थप कथन थियो ।

अध्यक्ष ओलीले प्रक्रियाबाटै संविधान ल्याउने अठोट पनि व्यक्त गर्नुभयो ।