३० आश्विन २०८३, शुक्रबार

बल्ल वार्तामा बसे दलहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4party

काठमाडौं, ८ माघ । चारसम्मको रस्साकस्सीपछि प्रमुख राजनीतिक दलहरु फेरि वार्तामा बसेका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा चार दलका नेताहरुको वार्ता सुरु भएको हो । जनतालाई संविधान दिने भनिएको दिन माघ ८ गतेसम्म आइपुग्दा पनि दलहरु जहाँको तहीँ भएपछि संविधानसभा अध्यक्षले वार्ताको पहल थालेका हुन् ।

प्रमुख तीन दल र मधेशी मोर्चाबीचको बैठकका लागि संविधानसभामा अध्यक्षले आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित गरेको संविधानसभामा बैठक अझै सुरु हुन सकेको छैन ।

आजको बैठकमा पनि बिपक्षी दलका सभासद्हरुले दुई घण्टा भन्दा बढी संविधानसभामा नाराबाजी गरेका थिए । निर्धारित समयमै संविधान दिन नसकेकोमा आत्मालोचनासहितको संयुक्त वक्तत्व निकाल्ने र प्रमुख दलका शीर्ष नेताहरुले संविधान जारी गर्न नसक्नुको कारणसहित संविधानसभालाई सम्बोधन गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।