काठमाडौँ, ८ माघ । राजनीतिक अन्योलता बढ्दै गएपछि नेप्से परिसूचकमा नकारात्मक असर परेको छ । बजार खुलेदेखि नै ओरालो लाग्न थालेको नेप्से आज ३.५६ अङ्कले तल झरेको हो ।
साताको दुई दिन उत्साहित भएको नेप्से सोमबार रातिको घटनाक्रमपछि नकारात्मक हुन थालेको होे ।
नेपाल स्टक एक्सचेन्जमा १२७ कम्पनीको एक हजार ९७० कारोबारबाट रु २३ करोड ८६ लाख ७९ हजार ९८८ बराबरका छ लाख ६७ हजार १९२ कित्ता सेयर खरिद बिक्री भएका छन् । रासस
















प्रतिक्रिया